×

वीरगञ्ज २१ असार । बाढी पूर्वानुमान महाशाखाले यही असार २५ गतेदेखि देशैभरका खोला/नदीमा ठूलो बाढीको सम्भावना देखिएको भन्दै त्यसबाट बच्न अहिलेदेखि नै तयारीमा जुट आह्वान गरेको छ।

महाशाखाले आइतबार सूचना जारी गर्दै असार २५ गतेदेखि देशैभरका नदीको बहाव बढ्ने र २६ देखि २९ गतेसम्म देशैभरका ठूला, मझौला र साना नदीमा ठूलो बाढीको सम्भावना रहेको जानकारी दिएको हो। तसर्थ जोखिम न्यूनीकरणका लागि तयारी थाल्न आवश्यक देखिएको महाशाखाले जनाएको छ।

यस्तै आगामी तीन दिनसम्म भने देशका प्रमुख नदीमा बहाव सतर्कता संकेतभन्दा तलै हुने र आज कन्काई, तिनाउ, पश्चिम राप्ती र बबईका सहायक नदीमा सतर्कता तहसम्म पुग्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

Back to top