वीरगञ्ज ८ असार । ब्रिलिएन्ट युवा क्लबको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ गदियानीमा भएको कार्यक्रममा २ महिला सहित २३ जनाले रक्तदान गरेको आयोजक संस्थाका सदस्य शम्भु कुमार सुमनले वताउनु भयो ।
कार्यक्रमको उद्घाटन रक्तदान गरी कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु प्रसाद साहले गर्नु भएको थियो ।
क्लबका अध्यक्ष छठु साहको अध्यक्षतामा भएको कार्यक्रममा सुनिल कुमार रौनियार, ताजिन्द्र साह कलवार, सहरुम हवारी, जयप्रकाश चौरसिया, संजित कुमार चौरसिया, आकाश चौरसिया, भुषण साह तेली, रामबिर चौरसिया, सुदिल प्रसाद कुमार, पप्पु पटेल, सदाम हुसेन, ओमप्रकाश साह, मुन्ना कुमार सुमन, भेष साह, लक्षमण साह, प्रभाकर साह, कुन्ती देवी, सिमा देवी, जितेन्द्र महरा, अजय यादव, प्रमोद प्रसाद यादवले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस रक्त संचार केन्द्र वीरगंजकी दिल्ली माया घिमिरे नेतृत्वको प्राविधिकहरुको टोलीले रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गरेका थिए ।