×

वीरगन्ज ३१ जेठ । वीरगन्जमा फेला परेकाे बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि भएको छ। जेठ २८ मा वीरगन्जको घण्टाघर छेउकाे विपी उद्यान परिसरमा मृत अवस्थामा भेटिएका अन्दाजी २५ वर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको हाे।

प्रहरीले बेवारिसे अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाएको थियो। साेही दिन शवको पोष्टमार्टम गर्ने क्रममा चिकित्सकले मृतकको स्वाबसमेत संकलन गरेका थिए।

पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकोले उनको मृत्यु कोरोना वा अन्य कारणले भएकाे हो भन्ने यकिन नभएकाे अस्पतालका डा. उदयनारायण सिंहले बताए।

अहिलेसम्म मृतककाे पहिचान खुल्न सकेको छैन। संक्रमण पुष्टि भएको शव नारायणी अस्पतालकै शवगृहमा राखिएको छ।

Back to top