×

वीरगञ्ज २९ जेठ । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिका वडा नम्बर ९ ले कोरोना भाईरस संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउनले समस्यामा परेका २ सय विपन्न, गरिब परिवारहरुलाई राहत वितरण गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथामका लागि प्रदेश २ सरकारको सहयोगमा आएको राहत वीरगन्ज महानगरपालिका वडा नम्बर ९ ले आज वितरण गरेको राहतमा २५ किलो चामल २ किलो दाल, तेल, नुन लगायत समानहरु रहेको र वितरण वडा नम्बर ९ का वडा अध्यक्ष मनोज कलवारले आफना ९ का जनतालाई राहत बाडेको बताए ।

महानगरपालिका वडा नम्बर ९ का २ सय घर परिवारलाई आज राहत वितरण कार्यमा वडा सदस्य कौशल बर्णवाल लगायत अन्य सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

Back to top