वीरगन्ज २७ जेठ । मंगलबार विहान पानी परेपछि वीरगन्ज महानगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेका छन् ।
प्रचन्ड गर्मीबीच आज विहान एक घन्टासम्म परेको अबिरल पानीले वीरगन्जका मुख्य बजार घन्टाघरदेखि अलखिया रोडसम्मको सडकहरु डुबानमा परेका छन् ।
एक्कासी आज विहान वीरगन्जमा पानी परेपछि वीरगन्जका आदर्शनगर, कैलाश चौक, मेनरोड, गोश्वारा रोड, पानी ट्याकी, नगवालगायत मुख्य सडक डुबानमा परेका छन् ।
वीरगन्ज महानगपालिका कार्यालयको सरसफाइमा कमि तथा सुस्त गतिमा ढल–नाला निर्माणले एक घन्टा पानी पर्ने बित्तिकै बजारका अधिकांश क्षेत्र डुवानमा परेको हो ।
आउने असारे पानीले नै शहरको अधिकांश क्षेत्र डुवानमा पर्ने हो की झन के हुने हो भने स्थानीय चिन्तित छन ।