×

वीरगञ्ज २६ जेठ । वीरगञ्ज कलेजका अध्यक्ष तथा अर्थ विद् डा. दिपेन्द्र कुमार चौधरीले वीरगञ्ज महानगरपालिकाले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा व्यक्तिगत तर्फबाट १५ हजार रुपैया सहयोग गर्नु भएको छ ।

डा. चौधरीले वीरगञ्ज महानगरपालिकाको राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोरोना नियन्त्रणको कोष खातामा सो रकम जम्मा गरेको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।

कोरोना महामारी नियन्त्रणको अभियानमा समाजिक उतरदायित्व बहन गर्नु पर्ने आफ्नो पनि दायित्व रहेको वताउदै डा. चौधरीले सो रकम कोरोना नियन्त्रण कोषमा जम्मा गरेको वताउनु भयो ।

वीरगञ्ज महानगरपालिकाले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा धमाधम सर्वसधारण देखि संघ संगठन तथा व्यापारिक प्रतिष्ठानहरु समेत रकम जम्मा गर्नुको साथै चेक महानगरपालिकालाई हस्तनातरण गरी रहेको छ ।

हाल सम्म कोषमा ७० लाख भन्दा रकम जम्मा भइसकेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । पिसिआर खरिदको लागि वीरगञ्ज महानगरपालिकाले वोलपत्र समेत अह्वान गरी सकेको तथा छिटै वीरगन्ज महानगरपालिकाको आफ्नै पिसिआर मेसिन संचालनमा आउने मेयर विजय कुमार सरावगीले वताउनु भयो ।

Back to top