×

वीरगञ्ज २६ जेठ । राहत वितरणको क्रममा विवाद भएपछि वडा कार्यलयबाट वडाअध्यक्ष कुलेलाम ठोकेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा न. १२ मुर्लिको वडा समिति कार्यालयमा प्रदेश सरकारले पठाएको राहत वितरणमा अनियमितता भएपछि विवाद भएको थियो । विवादको क्रममा राहत पाउन आएका त्याहाँका गरीब तथा वास्तविक पिडित परिवारले वडाअध्यक्षले आफ्ना आसेपासेलाई मात्रै वितरण गरेको भन्दा विवाद सृजना गरेका थिए ।

प्रदेश सरकारले २ सय परिवारको लागि २५ किलो चामल, २ किलो दाल, आधा किलो सोयाबिन, १ लिटर खाने तेल, १ किलो नुन, १ पिस साबुन सहितको राहत प्याकेट पठाएको थियो । सो सामाग्री सो क्षेत्रका गरीब तथा विपन्न परिवारलाई वितरण गर्ने भनिएपनि वास्तविक पिडितको नाम राहत पाउनेहरुको सुचिमा नभएपछि वास्तविक गरीब परिवारले अनियमितता भएको बताएका हुन् ।

वडाअध्यक्ष कुश्वाहले आफ्ना आसेपासे र नजिकका व्यक्तिहरुको नाम सुचिमा राखेको एक स्थानियले नाम नबताउने शर्तमा बताएका छन् । यता वडाअध्यक्ष कुश्वाहले भने सर्वदलिय समितिबाट गरीब परिवार पहिचान गरेर राहत वितरण गर्ने सुचि तयार पारेको प्रतिक्रिया दिनुभयो ।

तर यता स्थानिय राजनितिक दलका प्रतिनिधि तथा बुद्धिजिविले भने सर्वदलितय समिती गठन गरेर राहत वितरण गर्नुपर्ने माग गर्दा वडा अध्यक्ष कुश्वाहले प्रदेश सरकारले पठाएको राहत आफ्नै निर्णयअनुसार वितरण गर्ने बताएको नेपाली कांग्रेसका स्थानिय नेता विरेन्द्र महतोले बताउनुभयो ।

Back to top