वीरगञ्ज २६ जेठ । कोरोना रोकथाम तथा नियन्त्रणका लागी प्रदेश २ सरकारले वीरगञ्जस्थित नारायणी अस्पताललाई कोभिड-१९ चेकजाँचका लागि आरडिटि किट सहयोग गरेको छ ।
प्रदेश नं. २ सरकारकी अर्थ राज्य मन्त्री उषा देवी यादव र पर्सा निर्वाचन क्षेत्र नं. १ तथा संघिय सांसद प्रदीप यादवले संयुक्त रुपमा सोमबार नारायणी अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट विरेन्द्र बहादुर प्रधानलाई १ हजार ८ सय ५० थान आरडिटी किट हस्तान्तरण गरेका हुन् ।
नारायणी अस्पतालमा किट अभावले कोरोनाभाइरस चेकजाचमा समस्या हुँदै आएको थियो । राज्यमन्त्री यादव र सांसद् यादवले छिट्टै नारायणी असपताललाई आधुनिक पिसिआर मेसिन र ८ हजार थान भिटिएम किट उपलब्ध प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
पर्सामा कोरोना सङ्क्रमितहरुको संख्या बढिरहेको बेला वीरगञ्ज महानगरपालिका कार्यालयले पटक-पटक सङ्घ र प्रदेश सरकारसँग परिक्षणको दयरा बढाउन नयाँ पिसिआर मेसिन माग गर्दै आएको छ । महानगरपालिकाको माग अनुसार छिट्टै नयाँ र आधुनिक पिसिआर मेसिन र भिटिएम किट उपलब्ध गराइने मन्त्रि यादवले बताइन ।
मन्त्रि यादवले पिसिआर मेसिन खरिदका लागि प्रकृया समेत सुरु भइसकेको बताइन । हस्तान्तरण कार्यक्रममा जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद, विधार्थी नेता निखिल वर्णवाल, प्रकाश शर्मालगयातको उपस्थिती रहेको थियो ।