×

वीरगञ्ज २६ जेठ । प्रदेश नम्बर २ मा थप १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ को नियमित लाइभ अपडेटमार्फत प्रदेश सचिव डाक्टर रामप्रसाद घिमिरेले प्रदेश २ मा थप १७४ जनामा कोरोना संक्रमण पष्टि भएको जानकारी दिएका हुन् ।

प्रदेश सचिव डा घिमिरेका अनुसार नयाँ थपिएका संक्रमितहरु मध्ये १६७ पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश सचिव डा घिमिरेका अनुसार सप्तरी जिल्लामा १६ जना, महोत्तरी जिल्लामा १२, सलार्ही जिल्लामा १ सय २० जना, रौतहट जिल्लामा ११ जना, बारामा ७ जना र पर्सा जिल्लामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Back to top