×

वीरगञ्ज २६ जेठ । विश्वभरी फैलिएको कोरोना भाइरसका कारण देश लकडाउन हुँदा धेरै सर्वसाधारण तथा यात्रुहरु गनत्वयमा जान सकेका छैनन् ।

यात्रुमात्रै नभएर सवारी चालक तथा सहचालकहरु पनि अलपअत्र परेका छन् । अलपत्र परेका सवारी चालक, सहचालक, यात्रु तथा सर्वसाधारणहरुलाई वीरगञ्ज पब्लिक कलेजको पुरानो भवनमा नि:शुल्क भोजनको व्यवस्था भइरहेको छ ।

नागरीक समाजका अगुवा प्राध्यापक डा. दिपक शाक्य, समाजसेवी प्रदिप ठाकुरलगायतको सहयोगमा साँझ र बिहान लगभग १ सय ५० जना गरीब, तथा विपन्नलाई खानाको व्यवस्था भइरहेको छ ।

उक्त भोजन व्यवस्थापनका लागि पिसि मिडिया प्रालिद्वारा सञ्चालित रेडियो सान्भी र साझा डेलिले राहत स्वरुप खाद्य सामाग्री उपलब्ध गराएको छ । रेडियो सान्भी र साझा डेलि डटकमले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै खाद्य सामाग्री सहयोग गरेको हो ।

रेडियोका प्रबन्धक नवराज फुयालले वीरगञ्ज पब्लिक कलेजका संस्थापक निर्देशक प्राध्यापक डा.दिपक शाक्य लाई ३० केजिको ३ बोरा चामल, दाल, आलु, प्याज लगायतका खाद्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

रेडियो र अनलाईनले यस अघि पर्साका विभिन्न ठाउँमा रहेका प्रहरी कार्यलयहरुमा पुगेर स्वास्थ्य सामग्री समेत सहयोग गर्दै आएको छ ।

Back to top