×

वीरगञ्ज २६ जेठ । पर्सामा थप ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पर्साको जगरनाथपुर गाउँपालिकाका थप ८ व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो ।

भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका उनीहरुमा कोरोना संक्रमणको पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ३४ जना व्यक्तिहरुको पिसिआर परिक्षण गर्दा ८ जनाको रिपोट पोजेटिभ आएको उनले बताए । उनीहरु केही समय अघि भारतबाट फर्र्किएका थिए । भारतबाट आएका ३३ जना र उनीहरुको सम्पर्कमा आएका थप १ गरी जम्मा ३४ जना क्वारेन्टाइनमा रहेका थिए ।

संक्रमण पुष्टि भएका सबैलाई बीरगन्ज ल्याउने तयारी भइरहेको सप्रजिअ बस्नेतले जानकारी दिए ।

Back to top