×

वीरगञ्ज २५ जेठ । वीरगञ्ज महानगरपालिकाको कोभिड-१९ विपत व्यवस्थापन कोषमा ल्यांस क्लब अफ वीरगञ्ज गेटवेले आर्थिक सहयोग गरेको छ ।

महानगरपालिका कार्यालयले पिसिआर मेसिन, भिटिएम किट लगायत स्वास्थ्य सामग्री खरिद गर्ने सुरु गरेको अभियानमा सहयोग स्वरुप क्लबले २१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

क्लबका अध्यक्ष डा. महेश्वर कुर्मीको नेतृत्वमा गएको टोली महानगरका नगरप्रमुख विजयकुमार सरावगीलाई भेटेर चेक हस्तान्तरण गरेका थियो । चेक बुझ्दै महानगरका मेयर विजय सरावगीले यस्ता सान-साना सहयोगले गर्दा आफुले देखेको सपना छिट्टै पूरा हुने बताए ।

चेक हस्तान्तरण कार्यक्रममा क्लबका सचिव विवेक वेरिवाल, निर्वतमान अध्यक्ष अनुप अग्रवाललगयातको उपस्थिति रहेको थियो ।

Back to top