वीरगंज २५ जेठ । चेली कृषी साहाकारी संस्था पर्साको आयोजना तथा को-अपरेटिभ म्यानेजर क्लब पर्साको बिशेष सहयोगमा सयुक्त आज वीरगन्ज महानगरपालिका वडा नम्बर १६ मिथला नगरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा १७ जना महिला सहित ७१ जानले रक्तदान गरि सहयोग गरेका हुन । रक्तदान कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनु भएका राष्ट्रिय सहकारी बिकास बोर्डका संचालक शम्भु प्रसाद गुप्ताले रक्तदातालाई जुस खुवाएर उद्घाटन गर्नु भएको थियो ।
रक्तदान कार्यक्रममा बिशिस्ट अतिथि चेली कृषी साहाकारी संस्था पर्साका अध्यक्ष कमला घिमिरे, अतिथि नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बिरेन्द्रराज कंडेल, बिशिस्ट अतिथी को अपरेटिभ म्यानेजर क्लब पर्साका अध्यक्ष जिसनु बराल, अतिथि बिस्को साकोसका अध्यक्ष डीली बिक्रम कार्की, अतिथि नारायणी एफ. एमका संचारकर्मी शिवनाथ यादव, cmc parsa का उपाध्यक्ष चन्देश्वर चौरसिया, महासचिव रवीभुषन श्रीवासतव, संचालक रामबाबु चौधरी, दीपेन्द्र श्रेष्ठ, इन्दु रन्जितकार, शुशिला भणडारी र चेली कृषी साहाकारी संस्था पर्साको सदस्यहरुको सहभागीतामा रहेको राष्ट्रिय सहकारी बिकास बोर्डका संचालक शम्भु प्रसाद गुप्ताले बताउनु भयो ।