×

वीरगञ्ज २५ जेठ । कोरोना भाइरसको महामारी फैलिरहेको समयमा अग्रपङ्क्तिमा रहेर अहोरात्र खटिएका सुरक्षाकर्मीहरु अँझै जोखिममा छन् ।

फ्रन्टलाईनमा कार्यरत कर्मचारीलाई हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै पिसि मिडिया नेटर्वक प्रा लि द्वारा सञ्चालित रेडियो सान्भी र साझा डेलिले आज चौथो दिन पनि विभिन्न स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

वीरगञ्जबाट प्रसारण र प्रकाशन गर्दै आएको रेडियो सान्भी र साझा डेलि डटकम ले आफ्नो सामाजिक उ त्तरदायित्व बहन गर्दै जिल्ला प्रहरी कार्यालय पर्सालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तलाई रेडियोका प्रबन्धक नवराज फुयाँलले थर्मल गन १ थान, स्प्रे मेसिन १ थान, एन ९५ मास्क, सर्जिकल मास्क, ग्लब्स, स्यानिटाइजर र स्यानिटाइजर स्ट्याण्ड १ थान लगायतका सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

Back to top