×

वीरगञ्ज २५ जेठ । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले कोरोना उपचारका लागि आह्वान गरेको कोषमा उनकै छोराले आइतवार एक महीनाको तलब सहयोग गरेका छन् ।

वीरगञ्जमा कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि सहयोग पुर्‍याउन सरावगीले नगरवासीलाई आह्वान गरेका थिए ।

नगर प्रमुख सरावगीका छोरा केशव सरावगीले महानगरको कोषममा एक महीनाको तलब बराबरको रकम हस्तारन्तरण गरेका हुन् । केशवले महानगरमै पुगेर प्रमुख सरावगीलाई रू. ५१ हजार नगद प्रदान गरे ।

महानगरले वीरगञ्जमा कोरोना परीक्षण, क्वारेन्टाइन र अस्पताल व्यवस्थापनका लागि स्रोत अभाव भएको भन्दै सयोगको आह्वान गरेको छ ।

महानगरको आह्वानमा कोरोना कोषमा हालसम्म रू.६० लाख ५५ हजार रकम जम्मा भएको महाननगरले बताएको छ । महानगनरले दाताहरूको सहयोगमा पीसीआर जाँच उपकरण खरीदको प्रक्रिया अघि बढाएको छ ।

Back to top