×

काठमाडौं २५ जेठ । गण्डकी प्रदेशका चार जिल्लामा ३८ जना नयाँ संक्रमित थपिएका छन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गरेर चार वटा जिल्लामा कोरोनाका ३८ जना संक्रमित थपिएको जनाएको छ।

निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जामा १४, बाग्लुङमा १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा चारजनामा कोभिड-१९ पुष्‍टि भएको हो।

उनीहरू सबै पुरुषहरू छन्। पछिल्लोपटक संक्रमण पुष्‍टि भएका उनीहरूलाई जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।

यो सहित गण्डकी प्रदेशमा कूल संक्रमित ११३ पुगेको छ।

Back to top