×

वीरगञ्ज २४ जेठ । वीरगञ्जका समाजसेवी घडिअर्वा निवासी अजय गुप्ताले वीरगञ्ज महानगरपालिका वडा नं.१० मा सुरु गरेको सेनीटाइजेसन कार्यक्रम सम्पन्न भएको छ ।

समाजसेवी अजयकुमार गुप्ताले आफ्नो व्यक्तिगत खर्चमा सुरु गरेको सेनिटाइजेसन कार्य शनिबार सम्पन्न भएको हो । विगत ५ दिनदेखि कोरोनाभाइरस अर्थात कोभिड-१९ महामारीलाई रोकथाम गर्न वडा नं १० को प्रत्येक टोललाई पूर्णरुपले सेनिटाइज गर्ने कार्य विहीबार वीरगञ्ज महानगरपालिकाको वडा नं. १० स्थित आदर्शनगर, ग्रीन सिटी र पूजन होटलमा सेनिताइज गर्दै सम्पन्न भएको हो ।

उनले जेष्ठ १९ गतेबाट सुरु भएको कार्यक्रममा वडाको घर-घरलाई सेनिटाइजेसन गरिएको बताए । महामारीको समयमा पनि जनप्रतिनिधिहरु लापरवाही भएपछी आफुले सेनिटाइजेसनको कार्य सुरु गरेको समाजसेवी गुप्ताले बताए ।

उनले वडाका जनप्रतिनिधिहरु भ्रष्टचार र आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिमा माग्न रहेको आरोप लगाउदै भने, ‘हामीले आज निर्वाचित जनप्रतिनिधिको काम गर्दै छौँ, गाउँका मान्छेले जसलाई मतदिएर विजय गराए आज उनीहरु गायब छन्, अनि हामीले काम गर्नुपरेको छ । यो दु:खद कुरा हो ।'

चुनावको समयमा विभिन्न प्रलोभन देखाएर भोट लिने जनप्रतिनिधि आज मौन बसेका छन। यस्तो महामारी समयमा जनप्रतिनिधि भुमिका सक्रिय हुनु पर्नेमा उहाँहरु निदाएको देखता आफू दुखी भएको बताएका छन।

आफ्नो वडा, टोलमा बसोबास गर्ने विपन्न परिवारहरुको चुलो बल्योकी बलेन हेर्न नजाने यी जनप्रतिनिधि प्रतिको आसमरेको बताउदै आफूले भ्याए सम्म समाजको सेवागर्ने गुप्ताले प्रतिवद्धता व्यक्त गर्नु भएको छ।

सेनिटाईजर गर्नेमा आशुतोष पटेल, कन्हैया साह सोनार, रंजित यादव, रामबाबु पटेल,ललन पुरी,संजय पुरी, चन्द साह कानु, मुकेश साह कानु,सोनु पटेल, मनोज साह कानु,अोमनाथ साह कानु,बिकाश साह कानु र दसई साह कानु लगायत सहयोग गर्नु भएकोमा धन्यवाद दिदै अगामी कार्यहरुमा गुप्ताले यस्तै सहयोगका अपेक्षा समेत गरेका छन।

Back to top