वीरगञ्ज २४ जेठ । रेडियो सान्भी ९६.४ मेगाहर्ज र साझा डेली डटकमले आज लगातार तेस्रो दिनपनि स्वास्थ्य सामग्री वितरण गरेको छ । पीसी मिडिया नेटवर्क प्रा.लिद्वारा सञ्चालित सञ्चार गृहले शनिबार वीरगञ्जस्थित मानवसेवा आश्रममा पुगेर स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
रेडियो र अनलाइनले आफ्नो सामाजिक उत्तरदायित्वलाई वहन गर्दै मानवसेवा आश्रमलाई एन ९५ मास्क, स्यानिटाइजर, पञ्जालगयात स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
आश्रमका संयोजक देवेश गुप्तालाई एक कार्यक्रमका बीच रेडियोका प्रबन्धक नवराज फुयाँलले आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।
सामग्री बुझ्दै आश्रमका संयोजक गुप्ताले रेडियो र अनलाइनलाई धन्यबाद दिएका थिए ।