×

वीरगञ्ज - विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण नेपाल पनि प्रभावित छ । गएको ७३ दिनदेखि नेपाल लकडाउनमा छ ।

नेपालमा पनि संक्रमितको संख्या दिनप्रतिदिन बढीरहेको छ । कोभिड १९ महामारीको रुपमा फैलिरहेको भए पनि लक डाउन कार्यान्वन तथा आवश्यक सुरक्षा प्रबन्ध मिलाउने काममा प्रहरी अहोरात्र खटिनु परिरहेको छ ।

फ्रन्टलाइनमा बसेर काम गर्ने प्रहरीको मनोबल बढाउनुको साथै उनीहरुलाई स्वास्थ्य सामग्री आवश्यक देखिएकाले रेडियो सान्भी र साझा डेलि डटकमले शुक्रबार इलाका प्रहरी कार्यालय लाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

रेडियो र अनलाइनले आफ्नो सामाजिक उत्तरदायित्वलाई वहन गर्दै इलाका प्रहरी कार्यालय पोखरीयालाई थर्मल गन १ थान, स्प्रे मेसिन १ थान, एन ९५ मास्क, स्यानिटाइजर र स्यानिटाइजर स्ट्याण्ड १ थान उपलब्ध गराएको हो ।

इलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुख प्रहरी निरीक्षक चन्द्र कुमार सिँहलाई एक कार्यक्रमका बीच रेडियोका प्रबन्धक नवराज फुयाँलले आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

नागरिकको सुरक्षाका साथै लकडाउन कार्यान्वयनमा उल्लेख्य भुमिका निर्वाह गर्ने प्रहरी आफैँ पनि संक्रमणबाट बच्नु आवश्यक रहेकाले सामाजिक दायित्व अन्तर्गत स्वास्थ्य सामग्री उपलब्ध गराइएको रेडियोका प्रबन्धक फुयाँलले बताउनुभयो । सञ्चार माध्यमले स्वास्थ्य सामग्री उपलब्ध गराएर आफूहरुको हौसला बढाउने काम गरेको प्रहरी निरीक्षक सिहले बताउनुभयो ।

स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा रेडियो सान्भीका कार्यक्रम संयोजक हेमन्त तामांग, अनलाई संयोजक आँशु सर्राफ, समाचाबाचक अशोक सङ्ग्रौला लगायतको उपस्थिती रहेको थियो । यसअघि विहिवार पनि वीरगञ्ज स्थित वडा प्रहरी कार्यालय श्रीपुरलाई स्वास्थ्य सामाग्री वितरण गरिएको थियो ।

Back to top