×

वीरगञ्ज । पर्सामा एक जना अदालतका कर्मचारीले बृद्धमाथि हातपात गरेका छन् ।  पर्साको पकाहमैनपुर गाउँपालिका वडा नम्बर २ निवासी राधेश्याम कुशवाहले ७२ वर्षीय बृद्धमाथि कुटपिट गरेका हुन् ।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत कुशवाले सोही ठाउँका जगदीश साह वर्णवाललाई कुटपिट गरेका हुन् । आफु अदालतमा काम गर्ने कर्मचारी भएको धाक देखाउँदै कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए । स्रोतकाअनुसार पुरानो रिसिभी साध्ने अभिप्रायले कुटपिट भएको हो । 

कुटिएका बृद्धले ईलाका प्रहरी कार्यालय पोखरियामा कुशवाह विरुद्ध उजुरी दिएका छन् । अभद्र व्यवहार सम्बन्धी कसूरमा कुशवाहलाई पक्राउ गरी मुद्दा चलीरहेको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । 

कुटपिट गरिएको भिडियो हेर्नुहोस् ।

Back to top