वीरगञ्ज २३ जेठ । विश्व वातावरण दिवस वीरगञ्जमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाइएको छ । दिवसको अस्वरमा वीरगञ्जस्थित श्री आदर्श माध्यमिक विद्यालयले वृक्षारोपण तथा सेनिटाइजेसन गरेको छ ।
नागरिक समाजका अगुवा एवम् वीरगञ्ज पब्लिक कलेजका संस्थापक निर्देशक प्रा. डा. दीपक शाक्यको अध्यक्षतामा विद्यालय परिसर भित्र विभिन्न प्रजातिका विरुवाहरु रोपिएका थिए ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष रामनगिना प्रसाद साह कानु, उद्योगी एवम् लेखक गणेश लाठ, समाजसेवी एवम् नेपाली कांग्रेसका नेता भोला कलवार, ग्रिनसिटि समुदाय आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, विद्यालयका निर्देशक हरि रत्न तुलाधर, प्रधानाध्यापक विशाल शाह र विद्यालयक आन्तरिक क्रियाकलाप संयोजक राम अमोद पाण्डेयलगयात विधालयका शिक्षा र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी वीरगञ्ज ग्रिनसिटि समुदाय आदर्शनगर शाखाले पनि वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ । शाखाका अध्यक्ष प्रकाश खेतानको नेतृत्वमा रहेको टोलिले आदर्शनगर बजार क्षेत्रका फुटपाथमा वृक्षारोपण गरेको हो ।
स्थानीयवासी, प्रहरी, व्यवसायीलगयातको सहभागितामा गरिएको वृक्षारोपण कार्यक्रममा ४० विभिन्न प्रजातिका रुखहरु रोपिएको अध्यक्ष खेतानले जानकारी दिए ।