वीरगञ्ज २३ जेठ । पर्साको पटेर्वासुगौलि गाउँपालिकाको कार्यलयमा सेनिटाइजेशन बुथ स्थापना गरिएको छ ।
गाउँपालिकालाई कोरोना संक्रमणबाट सुरक्षित राख्नुका साथै गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाई निसंक्रमण गर्नका लागि गाउँपालिकाले सेनिटाइजेशन बुथ स्थापना गरेको गाउँपालिकाको कार्यलयले जनाएको छ ।
बुथको स्थापनापछि गाउँपालिकामा कोरोना संक्रमणको सम्भावना कम रहने र सबै सुरक्षित रहने विश्वास गाउँपालिकाका अध्यक्ष हरीनारायण चौधरीले व्यक्त गर्नुभयो ।
गाउँपालिकामा अत्याआवश्यक कामको लागि आएका सेवाग्राहीहरुलाई पनि निसंक्रमण गरेपछि कोरोनाको जोखिम कम हुने हुँदा बुथको स्थापनाका साथै गाउँपालिकाले कोरोना भाइरसको रोकथामका लागि चालेका कदमहरु सह्रानिय रहेको स्थानिय बुद्धिजिविले बताएका छन् ।
सेनिटाइजेशन बुथको नजिकै साबुन पानीले हात धुने व्यवस्था समेत गरिएको गाउँपालिकाले जनाएको छ ।