×

वीरगन्ज २२ जेठ । देशभर कोरोना संक्रमित बढीरहेका बेला अज बीरगञ्जको गण्डक कोरोना बिशेष अस्पतालबाट ५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । गण्डकस्थित विशेष कोरोना अस्पतालबाट बिहीबार बिहान पर्साका ३ र बाराका २ गरी ५ जना निको भइ फर्किएका हुन् ।

पर्साको जिराभवानी गाउँपालिका ४ का २५ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका ५ का २५ वर्षीय पुरूष र वीरगन्ज महानगरपालिका १६ का ७० वर्षीय पुरूष डिस्चार्ज गरिएको अस्पताले जनाएको छ।

यस्तै बाराको कलैयास्थित नेपाली सेनाको गणमा कार्यरत ३५ र ३६ वर्षका २ सेनालाई पनि बिहीबार नै डिस्चार्ज गरिएको अस्पतालका कोर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिए । यो सहित कोरोना जित्‍नेको संख्या २८३ पुगेको छ।

 

Back to top