×

वीरगन्ज २२ जेठ । भारतसँग सीमा जोडिएको पर्साको गाउँबाट सशस्त्र प्रहरीले बिहीबार बिहान श्रोत नखुलेको ठूलो रकमसहित १ युवकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले पर्साको बाहुदरमाई नगरपालिका–५ भौराटारका २० वर्षीय प्रकाश साहलाई २२ लाख ४८ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

सीमावर्ती क्षेत्र भिस्वाबाट आफ्नो गाउँ भौराटार जाँदै गरेका साह सवार ना ४३ प २८०२ नम्बरको मोटरसाइकल छिपहरमाई गाउँपालिका ४ बन्जारीमा सशस्त्र प्रहरीले चेकजाँच गर्दा २२ लाख ४८ हजार रुपैयाँ बरामद भएको हो ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिस्वाका सशस्त्र प्रहरी निरीक्षक हरिकुमार पराजुलीले जानकारी दिए । आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको बताए ।

Back to top