वीरगञ्ज २१ जेठ । जनता समाजवादी पार्टी निकट राष्ट्रिय विद्यार्थी संघले पर्साको बिन्दबासिनी गाउँपालिकामा सुरु गरेको सेनीटाइजेसन कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष मदुसुदन चौरसियाले आफ्नो व्यक्तिगत खर्चमा सुरु गरेको सेनिटाइजेसन कार्य मंगलबार सम्पन्न भएको हो ।
विगत पाँच दिनदेखि कोरोनाभाइरस अर्थात कोभिड-१९ महामारीलाई रोकथाम गर्न गाउँपालिकाको प्रत्येक वडालाई पूर्णरुपले सेनिटाइज गर्ने कार्य मंगलबार गाउँपालिकाको वडा नं. १ र २ स्थित बहुअर्वाभट्ठा, हरिनगर र गर्दौलमा सेनिताइज गर्दै सम्पन्न भएको हो ।
चौरसियाले आफ्नो एक लाख भन्दा पनि बढि लागतमा गाउँपालिका सेनिटाइज गरेको संघका वरिष्ठ उपाध्यक्ष सुमित चौरसियाले जानकारी दिए । उनले जेठ १५ गतेबाट सुरु भएको कार्यक्रममा गाउँपालिकाको घर-घरलाई सेनिटाइजेसन गरिएको बताए ।
महामारीको समयमा पनि जनप्रतिनिधिहरु लापरवाही भएपछी आफुले सेनिटाइजेसनको कार्य सुरु गरेको अध्यक्ष चौरसियाले बताए । उनले गाउँपालिकाका जनप्रतिनिधिहरु भ्रष्टचार र आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिमा माग्न रहेको आरोप लगाउदै भने, 'हामीले आज निर्वाचित जनप्रतिनिधिको काम गर्दै छौँ, गाउँका मान्छेले जसलाई मतदिएर विजय गराए आज उनीहरु गायब छन्, अनि हामीले काम गर्नुपरेको छ । यो दु:खद कुरा हो ।
सेनिटाइजेसन काय्रक्रममा अमरजित चौरसिया, अर्जुन साह, सद्दाम हुसेन, शिव मोहन चौरसिया, जिरजोधन साह, तिरलोकी यादव, योदन साह, भानु गुप्तालगयातको सहभागिता रहेको थियो ।