×

वीरगञ्ज २१ जेठ । औद्योगिक समुह निम्बसले कोरोना महामारीको अवस्थामा पर्साका पत्रकारहरुलाई राहत स्वरुप आफनो उत्पादन उपलब्ध गराएको छ ।

बुधबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा निम्बस ग्रुपका प्रवन्धक प्रकाश बैठाले पत्रकार महासंघ पर्साका कार्यवाहक अध्यक्ष अनुप तिवारीलाई राहत सामाग्री हस्तनान्तरण गर्नु भयो ।

निम्बस ग्रुपको व्यंजन ब्राण्डले उत्पादन गरेको दाल, तेल, स्वायबिन ,मास्क लगायतका समाग्री भएको ४० वटा झोला पत्रकार महासंघलाई हस्तनान्तरण गरिएको थियो ।

महासंघले आजै सो सामानहरु पत्रकारहरुलाई प्रदान गरेको कार्यवाहक अध्यक्ष तिवारीले बताउनु भयो ।

Back to top