×

वीरगञ्ज २० जेठ । रेडियो सान्भी र साझा डेलि डटकमले वीरगञ्ज महानगरपालिकाले कोरोना भाइरस विरुद्धको लडाईमा आब्हान गरेको प्रकोप कोषमा २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

आफ्नो सामाजिक उत्तरदायित्वलाई वहन गर्दै रेडियो सान्भी र साझा डेलिले महानगरको प्रकोप कोषमा नगद २५ हजार रुपैयाँ उपलब्ध गराएको हो ।

महानगरपालिकाले चालेको कदममा हातेमालो गर्न आफूहरुले सञ्चालन गरेको रेडियो र अनलाईनको तर्फबाट थोरै भए पनि सहयोग उपलब्ध गराएको रेडियोका प्रबन्धक नवराज फुयाँलले बताउनुभयो ।

महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलाई एक कार्यक्रमकाबीच प्रबन्धक फुयाँलले नगद हस्तान्तरण गर्नुभएको हो ।

वीरगञ्ज महानगरपालिकाले पिसिआर मेसिन, भीटीएम किट, रिएजेन्ट किट, प्रिआइसोलेशन र कोभिड अस्पताल सञ्चालनको लागि पर्सामा भएका सम्पूर्ण पालिका र विभिन्न संघ संस्थासँग सहयोगको अपिल गरेको थियो ।

Back to top