वीरगञ्ज २० जेठ । जनता समाजवादी पार्टीका नेता तथा युवा अभियन्ता ओमप्रकाश सर्राफले नारायाणी अस्पताललाई जेनेरल अस्पताल बनाउनु पर्ने बिषयमा जारी आन्दोनको सम्पूर्ण कार्यक्रम स्थगित भएको बताउनु भएको छ ।
सर्राफले एक प्रेस विज्ञप्ती जारी गर्दै सर्व पक्षिय दबाब र पहलमा आज देखि नरायणी अस्पतालका सबै बहिरंग सेवाहरु लगायत अन्य सेवाहरु सुचारु भएको कारण बिगत ३० दिन देखी जारी धर्ना र आन्दोलनको कार्यक्रम सफल भएकोले वताउदै मंगलवार देखि आन्दोलनको सबै कार्यक्रम स्थगित भएको बताउनु भयो ।
सबैको सामुहिक प्रयासबाट कोभिडबाट जेनेरल अस्पतालमा परिणत हुने नारायणी अस्पताल नेपालको पहिलो अस्पताल बनेको विज्ञप्तीमा उल्लेख रहेको छ ।
सर्राफले ऐतिहासिक सफलतामा महत्वपूर्ण योगदान दिने राजनीतिक दल, अस्पताल प्रशासन, सन्चार माध्यम, नागरिक समाजलगायत हाम्रो आन्दोलनमा सहभागीता जनाउने पर्सा देखी सर्लाही सम्मका मित्रहरु, समर्थन गर्ने, एक्यवद्धता जनाउने र हौसला प्रदान गर्ने सम्पुर्णमा हार्दिक समेत व्यक्त गरेका छन् ।
आन्दोलनको कार्यक्रममा जनतासमाजवादी पार्टीका नेता नेजामोदिन समानी, युवा अभियन्ता ओमप्रकाश सर्राफ, मोनिका सिंह, हरेन्द्र पटेल बाबालगायतकाले सक्रिय भु्मिका निर्वाह गरेका थिए ।