×

वीरगञ्ज १९ जेठ । वीरगञ्जका व्यवसायीहरु लकडाउन खोल्नु पर्ने माग गर्दै सडकमा उत्रिएका छन् । लामो समयदेखि भएको लकडाउनका कारण व्यपार व्यसाय चौपट भएपछी आवश्यक सुरक्षा सावधानी उपनाउँदै बजार सञ्चालन गर्न माग राख्दै व्यवसायीहरु सडकमा उत्रिएका हुन् ।

लकडाउनको विरोधमा सोमबार व्यसायीहरुले वीरगञ्जको माइस्थान चोकमा प्रदर्शन गरेका छन् । सामाजिक दुरीलाई कायम राख्दै प्लाकार्ड बोकेर व्यसायीहरुले लगभग १ घण्टा भन्दा पनि बढि समयकालागी धर्ना दिएका थिए ।

व्यवसायीहरुले लकडाउन मोडालिटी परिवर्तन गरेर खुकुलो पार्न माग गरेका छन् । विश्वका विभिन्न मुलुकहरुले लकडाउनको मोडालिटी परिवर्तन गरेर बजार व्यवसायलाई क्रमस सुरु गरिरहेको बेला नेपाल सरकारले लकडाउन थप्दा आफुहरु मार्कामा परेको व्यसायीहरुको गुनासो छ ।

'विश्वका विभिन्न मुलुकहरुले लकडाउनको मोडालिटी परिवर्तन गरेर क्रमस बजार खोल्दै गएको छ, तर हाम्रो नेपालमा बिना त्यारी लकडाउन थपिँदा हामी मार्कामा परेका छौं, 'नेपाल विद्युतीय संघका पर्सा जिल्ला अध्यक्ष कृष्ण पटेलले भने, 'व्यवसाय सुरु नगरे बैङ्क ब्याज, कोठा भाडा, स्टाफ खर्च हामीले कसरि तिर्छौं?'

Back to top