×

वीरगञ्ज १९ जेठ । पर्साको जिराभवानी गाउँपालिका वडा न. ५ को शंकरसरैयाका गरिब विपन्न तथा दलित परिवारका ७५ घरपरिवारलाई राहत स्वरुप खाद्य सामाग्री उपलब्ध गराइएको छ ।

सुकुमवासी, मुसहर, चमार तथा पासवान परिवारका ७५ घरपरिवारलाई एन आर एन का आई सि सि सदस्य अरुण कुमार ठाकुर, वीरुगञ्जको लक्ष्मणवाका युवा हरीनारायण साह र दया फाउण्डेशन तथा भिसिएन नामक संस्थाको आर्थिक सहयोगमा खाद्य सामाग्री वितरण गरिएको हो ।

लकडाउनको ७० औँ दिन भइसक्दा समेत स्थानिय तथा प्रदेश तथा संघिय सरकारले राहत सामाग्री वितरण नगरेको गुनासो गरेपछि सामाजिक अभियानता प्रकाश थारुको संयोजकत्वमा स्थानीय युवाहरु संजय चौधारी, महेश दहैत, बिनोद राउत लगायतको सहयोगमा राहत सामग्री बितरण गरिएको हो ।

नियमित ज्याला मजदुरी गरेर २ छाकको जोहो गर्दै आएका सो क्षेत्रका स्थानियको भोक मेटाउने प्रयास गरेको सामाजिक अभियानतना प्रकाश थारुले बताउनुभयो ।

कोरोना भाइरसको संक्रमण भन्दा पनि भोकमरीको चपेटामा पर्ने खतरा बढ्दै गएको त्याँहाका स्थानियले बताएका थिए । सामाजिक अभियानताहरुको पहलमा राहत पाइसकेपछि उनिहरुको मुहार खुशि झल्किएको भिसिएनका अध्यक्ष दीपक चापागाईले बताउनुभयो ।

आगामी दिनमा पनि अन्य क्षेत्रका प्रभावित परिवारलाई राहत सामाग्री वितरण गरिने उपाध्यक्ष राधा मतांगीले बताउनुभयो ।

सो अवसरमा १५ किलो चामल, १ किलो दाल, आधा लिटर तेल, २ किलो आलु, २ पिस साबुन लगायतका सामाग्री वितरण गरिएको मतांगीले बताउनुभयो ।

जिराभवानी गाउँपालिकाको वडा न. ५ हरैया, सखुवनीयाका विपन्न वर्गहरुले अँझै पनि राहत सामाग्री नपाएको गुनासो गरेका छन् ।

Back to top