वीरगञ्ज १९ जेठ । वीरगञ्ज स्थित बसपार्कमा अलपत्र परेकाहरुलाई पर्सा जिल्लामा रहेको पुर्नस्थापना केन्द्रहरुले निरन्तर रुपमा निशुल्क भोजनको व्यवस्था गरीरहेका छन् ।
नि:शुल्क भोजन शिविर नै सञ्चालन गरेर लकडाउनका कारण घर जना नपाएका करीब ८० जनाका लागि भोजनको व्यवस्थापन गरीरहेको पुर्नस्थापना केन्द्र आस्था नेपालका प्रमुख गौरब वर्माले बताउनुभयो ।
राइजिङ नेपाल, निता फाउन्डेसन, बिस्वास, मुक्ति ब्लक बि र माया नेपाल लगायतका पुर्नस्थापना केन्द्रहरूको सक्रिय सहभागीता र सहयोगमा नि:शुल्क भोजन शिविर सञ्चालन भइरहेको छ ।
उनिहरुलाई खानाको व्यवस्थापनका लागि सत्यम सि फड्स एण्ड सप्लायर्सले ५ बोरा चामल सहयोग गरेको छ । भोजन व्यवस्थापनमा कठिनाई नहोस् भन्ने उद्धेश्यले ५ बोरा चामल सहयोग गरेको कम्पनीका बजार व्यवस्थापक प्रमुख नितेश सुवेदीले जानकारी दिनुभयो ।
सप्लायर्सले यसअघि पनि लकडाउनका कारण प्रभावित भएकाहरुलायई सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न सहयोग गर्दै आएको छ । आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने सप्लायर्सका निर्देशक सरोज बस्नेतले जानकारी दिनुभयो ।