×

वीरगञ्ज १८ जेठ । वीरगञ्ज महानगरपालिकाका सफाइ कर्मचारीहरू आइतवार दिउँसोदेखि काममा फर्केका छन् । पर्सा प्रहरीले सरसफाइमा खटेका कर्मचारीहरूलाई लकडाउन अवधिभर निरन्तर रूपमा दुव्र्यवहार गर्दैआएको विरोधमा शुक्रवार साँझदेखि सफाई कर्मचारीहरू आन्दोलनमा उत्रेका थिए ।

जिल्ला प्रहरी कार्यालय, पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले आज वीरगञ्ज महानगरपालिकामा सफाइ कर्मचारीहरूलाई प्रहरीबाट दुव्र्यवहार नहुने कुरामा आश्वास्त पारेकी थिइन् । उनले प्रहरीबाट अबका दिनमा सफाइ कर्मचारीलाई कुनै पनि प्रकारको दुव्र्यवहार नहुने मौखिक आश्वासन दिएर काममा फर्कन आग्रह गरेकी थिइन् ।

उनलेसफाइ कर्मचारीहरूलाई दुव्र्यवहार नहुने कुरामा आश्वास्त पारेपछि आज दिउँसोदेखि सफाइ कर्मचारीहरू काममा फर्केको वीरगञ्ज महानगरसँग सरसफाइमा साझेदार रहेको एनके इन्टरनेशनलका शिवजी गुप्ताले बताए ।

आज आयोजित कार्यक्रममा नगरप्रमुख विजय सरावगीले लकडाउन शुरू भएदेखि दुई महीनाको अवधिमा पर्सा प्रहरीले वीरगंज महानगरको विभिन्न स्थानमा ६० भन्दा बढी सरसफाइका चालक, सुपरभाइजर, कर्मचारीहरूमाथि दुव्र्यवहार गरेको र अन्त्यमा आजित भएर सफाई कर्मचारीहरू हडतालमा ओर्लिनुपरेको बताउनुभएको थियो ।

Back to top