×

वीरगञ्ज, जेठ १८ - प्रदेश २ का प्रदेश सभा सदस्य सिंहासन साह कलवारले आफ्नो संसदीय क्षेत्रमा कोरोना संक्रमणसँग लड्न खटेका स्वास्थ्यकर्मीहरूलाई सुरक्षात्मक उपकरण उपलब्ध गराएका छन् ।

पर्सा जिल्लाको क्षेत्र ४ का (ख) मा प्रदेश सभासदस्यमा निर्वाचित सांसद कलवारले कोरोना संक्रमणको रोकथाम, नियन्त्रण गरी सम्भावित जोखिमबाट बच्नको लागि खटेका स्वास्थ्यकर्मीहरूलाई शनिबार पीपीई सेट लगायतका स्वास्थ्य समाग्री उपलब्ध गराएका हुन् ।

भारतको विभिन्न प्रदेशबाट फर्केका आएकालाई क्षेत्र नम्बर ४ को विभिन्न ५ स्थानमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएको छ । उनीहरूको स्वास्थ्य उपचारमा खटेका स्वास्थ्यकर्मी र क्वारेन्टाईनमा बसेकाहरूलाई प्रदेश सदस्य कलवारले स्वास्थ्यकर्मीसहित खाद्यन्न समेत उपलब्ध गराएको उनका स्वकीय सचिव दिपेन्द्र साहले जानकारी दिए ।

कोरोना विरुद्धको लडाईमा आफनो महत्वपूर्ण योगदान दिँदै आफनो व्यक्तिगत खर्चबाट प्रदेश सदस्य कलवारले धोबिनी, छिपहरमाई र कालिकामाई गाउँपालिकाको विभिन्न विद्यालयहरुमा बनाईएको क्वारेन्टाईनमा रहेका १ सय ४६ जनालाई व्यक्तिगत बचाउँको लागि र कोरोना संक्रमणबाट हुने सम्भावित जोखिमबाट बच्नको लागि मास्क, सेनेटाईजर, साबुन र खाद्यन्न मध्ये फलफुल र विस्कुट वितरण गरेका हुन् ।

क्वारेन्टाइनमा चेकजाँचको लागि खटेका स्वास्थ्यकर्मीहरुको लागि पीपीई सेट, थर्मल गन र सेनेटाईजर उपलब्ध गराईएको स्वकिय सचिव साहले बताए ।

सदस्य कलवारले आफनो क्षेत्रमा रहेका पाँच वटा क्वारेन्टाइनमा गई क्वारेन्टाइनमा रहेका नागरिकहरूसँसमाजिक दुरी बनाई भेटघाट गर्दै समाग्रीहरु वितरण गर्नुको साथै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नको लागि सुरक्षा सहित सर्तकता अपनाउन सुझाव दिए ।

स्वास्थ्य समाग्री तथा खाद्यन्न वितरण कार्यक्रममा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचिव तबरेज आलम, नेपाल निर्माण व्यवसायी संघ पर्साका बरिष्ठ उपाध्यक्ष दिभाकर पटेल, प्रेस फोरम पर्साका संयोजक आरके पटेल लगायतको सहभागिता रहेको थियो ।

Back to top