वीरगञ्ज ३१ बैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालबाट दुई जना कोरोना संक्रमित भागेका छन् । अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका २ जना संक्रमित बुधबार दिउँसो भागेको अस्पताल स्रोतले जनाएको छ ।
उनीहरुको खोजी भइरहेको अस्पतालले जनाएको छ । संक्रित दुबैै जना वीरगंज २ छपकैयाको रहेको बुझिएको छ । अहिले नेपाली सेनाले नारायणी अस्पताललाई घेरा हालेका छन् भने फरार संक्रमितको खोजी कार्यमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत खटाइएको छ ।
यस बिषयमा बुझ्न अस्पतालका मेसु डा मदन कुमार उापध्याय, पर्साका प्रमुख जिल्ला अधिकार बिष्णु कुमार कार्कीसंग मोबाइलमा सम्पर्क गर्दा फोन नउठेका कारण सम्पर्क हुन सकेन ।