×

वीरगंज १६ बैशाख । नरायणी वयोधा हस्पिटल वीरगंजले अनलाइन ओपिडी सेवा संचालनमा ल्याएको छ । बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस - कोभिड १९० संक्रमण रोकथाम तथा नियन्त्रणको लागि भएको लकडाउनमा स्वास्थ्य सेवालाई ध्यानमा राखी अनलाईन ओपिडी सेवा संचालनमा ल्याइएको हस्पिटलले जनाएको छ ।

अनलाइन ओपिडी सेवाको लागि एक दिन पहिला फोन सम्पर्क मार्फत डाक्टरसंग भेटन समय लिनु पर्ने हस्पिटलका मार्केटिङ्ग अफिसर एमामुल हकले वताउनु भयो ।

लकडाउनमा हस्पिटल सम्म पुग्न समस्या हुने गरेको र पुगे पनि हस्पिटलका ओपिडी सेवाहरु बन्द रहेकाले अनलाइन ओपिडी सेवा संचालनमा ल्याइएको अफिसर हकले जानकारी गराउनु भयो ।

Back to top