वीरगंज १६ बैशाख । वीगंजमा पहिलो पटक नेपाली नागरिकमा कोरोना पुष्टि भएपछि वरिगंजमा तरास फैलिएको छ । सक्रमित वडाहरुलाई सिल समेत गरिएको छ । फैलिएको संक्रासलाई न्युनिकरण गर्नका निम्ति वीरगंजमा संक्रमित भएका व्यतिmहरुको वडा नं ३ र १६ र नारायणी अस्पतालर्ई तथा मदर्सा मस्जिदलाई समेत स्व गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले सोडियम हाईपोक्लोराईट नामक सेनेटाईजरबाट उतm क्षेत्रहरुलाई पुर्ण रुपले सेनेटाईज गरेको छ ।
वीरगञ्ज महानगरपालिकामा थप २ जनामा कोरोनाभाइरस अर्थात कोभिड–१९ पुष्टि भएको छ जसमध्य एक वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का कार्यालयमा कार्यरत सरसफाई कर्मचारी छन । संक्रमित मध्येका एक वीरगञ्ज महानगरपालिकामा वडा नं. ३ घर भएका ५५ वर्षीय पुरुष वीरगञ्ज महानगरपालिका कार्यालयमा कार्यरत सरसफाई कर्मचारी (नाईके) हुन ।
गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनका अनुसार वीरगंज महानगरपालिकाको ३२ वटै वडाहरु सेनेटाईज गर्ने बताउनु भएको छ ।