×

काठमाडौं, बैशाख १२ - शुक्रबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो ।

उनी अस्पतालको आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी

का अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

कोरोना भाइरसको हालसम्म ४७ हजार ४९६ जनाको परीक्षण गरिएको छ । जसमा पिसिआर विधिबाट नौ हजार ४०७ र र्‍यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट परीक्षण गर्नेको सङ्ख्या ३८ हजार ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा तीन हजार ७९१ नयाँ प्रयोगशाला परीक्षण भएको जानकारी दिइयो । क्वारेन्टाइनमा रहने व्यक्तिको सङ्ख्या हालसम्म १२ हजार ९८५ छ भने आइसोलेसनमा रहने सम्भावित सङ्क्रमितको सङ्ख्या ८९ जना रहेको छ । काठमाडौँ उपत्यकामा तीन र उपत्यका बाहीर ८६ जना रहेका जानकारी गराइएको छ । त्यसैगरी हाल कोभिड १९ को रेड जोनमा पर्नेको सङ्ख्या २८७ पुगेको छ ।

दश जना उपचारपछि घर फर्किसकेका छन् ।

https://www.facebook.com/mohpnep/posts/880756769079510?__xts__%5B0%5D=68.ARDdHXzSFVyDAF9p-Q79ovqfwpnzppawUbLJCt-qNJPaQQfVmiIguyp4LJ5_wZpDYDyIguwQLZZuKkTR-IC7AZ30wn99qXuMcxigQNCQjuwa-v8aYhI9LL-wy_pzV5pzuX25sM12cNdTw5MUCj598LrLuH_QN055SpnljV4Ex1u3E0apLEgc8EykvxgHkruwSl2bat5sh64cMmasAzTPYrVq3wnS9qnsM_ksgLWt-UueUVM8Anvf_lTdVzP5bW8xQ5qg0AwQ2MYxejM-_j3I9JySfe98snWPaatlTuQhMAYxT2bpF2dMqbwLDJGloIxDzaqeqLC_LtrSIK9VZb0&__tn__=-R

 

https://www.facebook.com/mohpnep/posts/880756769079510

Back to top