×

काठमाडौं, बैशाख ११ - नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार विहीबार साँझ थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनी पुरुष गत फागुन ३० मा साउदी अरबबाट नेपाल फर्किएका थिए ।

https://www.facebook.com/mohpnep/posts/879996892488831?__xts__%5B0%5D=68.ARBO9x_NOOtbtTj1J2qH5N0H489GnXT3r7Mgwp2-OdYCn-xAN9Hu8B1oR3_4j91VpwDqQKk8sQ_A9Hp6wjrm5_tCR75m82fFkl_r4-owqgYLSh_-n4Zdj1JI9lXTLPoIdbR1okjPEcMqUYDEob4rfhpzrkHct3r33OM402BZVpBkN6jXM48DrH8KqO2mbzOBsRiUOH12s7e8g39FyfuugquzhRcMS9ljuXL9eIzSNHsDCG2mU-FFA91JSWnSjafstiJa9bkHA803jOJiSjfhxQn-qQWRIp2lyyQlI49vvfEfd7r8O0lMtDMTGfokEV1nps0JOYn9EiY8gJw05uQ&__tn__=-R

यसअघि आजै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा १ र जनकपुरमा परीक्षणका क्रममा १ गरी २ जनामा कोरोना संक्रमण देखिएको थियो ।

काठमाडौंमा परीक्षणका क्रममा कोरोना देखिनेमा उदयपुरकी ५५ वर्षीया महिला हुन् । यस्तै जनकपुरमा गरिएको परीक्षणमा कोरोना देखिनेमा १४ वर्षीया बालक छन् ।

बिहीबार साँझ थप एक जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Back to top