×

वीरगञ्ज, बैशाख ६ - पर्साकाे बहुदरमाई नगरपालिकाले करेन्ट लागेर मृत्यु भएका एक युवकका परिवारलाई आर्थिक सहयाेग गरेकाे छ ।

बैशाख ३ गते करेन्ट लागेर मृत्यु भएका वडा नं. ७ निवासी ३३ बर्षिय सनाेज कुशवाहाका परिवारलाई नगरपालिकाले आर्थिक सहयाेग गरेकाे लेखापाल हरि प्रसाद कुर्मीले वताउनु भयाे । ।

मृतकका ठूलाे दाई राजेश प्रसाद कुशवाहालाई उनकाे घर मै पुगी नगर प्रमुख नितेन्द्र साहले रु ५० हजार बराबरकाे चेक हस्तान्तरण गर्नु भएकाे कुर्मीले जानकारी गराउनु भयाे ।

Back to top