×

नयाँ दिल्ली – भारतले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी मे महिनाको ३ तारिख सम्म वैशाख २१ गते सम्मका लागि लकडाउन बढाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै कोरोनाविरुद्धको लडाइँमा जीत हासिल गर्न लकडाउनको अवधि बढाइएको बताए ।

सबै राज्य सरकार र जनताको सुझावअनुसार ३ मे सम्मका लागि लकडाउन बढाउने निर्णय गरिएको प्रधानमन्त्री मोदीले बताए ।

‘लकडाउनबाट देशलाई धेरै फाइदा मिलेको छ । मात्र आर्थिक कोषबाट हेर्दा यो धेरै महङ्गो बनेको छ,’ मोदीले भने, ‘भारतबासीको जिन्दगीको अगाडि यसको कुनै तुलना हुन सक्दैन ।’

Back to top