काठमाडौं, बैशाख २ - सरकारले लकडाउनको समयावधि थप्ने विषयमा आज निर्णय गर्ने भएको छ ।
तेश्रो पटक थपिएको लकडाउनको समयावधि बुधबार सकिँदैछ । त्यसैले यससम्बन्धी थप निर्णय गर्न बिहान ११ बजेको लागि बैठक बोलाइएको हो । सरकारले फेरि लकडाउनको समय थप्ने तयारी गरेको बुझिएको छ ।
कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै सरकारले नियन्त्रणकको उपायका रूपमा डाउनलाई नै निरन्तरता दिन लागेको हो । यसअघि कोभिड १९ उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले सरकारलाई लकडाउनको समय थप्न सिफारिस गरेको बताइएको छ ।
सोही सुझावका आधारमा मन्त्रिपरिषद् बैठकबाट लकडाउनको समयसीमा थप्ने तयारी गरिएको हो । लकडाउनका कारण मजदूरहरू समस्यामा परेको अवस्थामा उनीहरूको जीवन सहज पार्ने केही निर्णय समेत सरकारले आजको बैठक मार्फत गर्ने अपेक्षा गरिएको छ ।
भारतमा लगातार संक्रमितको संख्या बढ्दै गइरहेकाले नेपालमा जोखिम यथावत् रहेको छ ।