×

बिरगंज १ बैशाख । बिश्वभरी फैलिएको कोभिड -१९ ( कोरोना भाईरस ) ले त्रास सिर्जना भैइरहेको अवस्थामा र यसबाट बच्न नेपालमा पनि लकडाउन गर्नु परेकोले नेपाल आएको भारतिय नागरिकहरुलाई बिरगंजको ठाकुरराम क्याम्पसमा क्वारेन्टाइन को लागि राखिएको मा त्यहा रहेको भारतिय नागरिकहरुलाई सोमबार खाना र खाजाको मारवाडी युवा मंचले व्यवस्था गरेको छ ।

ग्रिनसिटि सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरी आदर्शनगरको सहयोगमा मारवाडी युवा मंच द्वारा क्वारेन्टाइनमा रहेका १८९ जना भारतीय नागरिकलाई आजको लागि नास्ता र खाना उपलब्ध गराएको ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए ।

मारवाडी युवा मंच का अध्यक्ष दिपक तिबडेवाल सभापतित्वमा भएको सो कार्यक्रममा वेल फेयर सोसाइटीका सुरेश रुङ्ग्टा, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका सुशील कादमिया, राजेश अग्रवाल , रतन टेमानी , सरफुदिन मिया लगायतकाको सहभागीता रहेको थियो ।

Back to top