×

वीरगन्ज १ बैशाख । वीरगन्ज २ छपकैया स्थित श्रीराम हल अगाडि रहेका यातिमखाना मस्जिदमा रहेको १९ जना बालकहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेका छन् । ईस्लामिक शिक्षा लिनका लागि यातिमखानामा अनाथ तथा अभिभावक भएको बालकहरु समेत बस्ने गरेका छन् । कोरोना पोजेटिभ भेटिएका भारतीय मुस्लिम धर्मका प्रचारक मौल्वीहरु यातिमखाना मै बस्दै आएका थिए । मौल्वीकै कारण उनी बालकहरुमा कोरोना संक्रमणको जोखिम बढेको हो ।

यातिम खानाका बसेका बालकहरुमा संक्रमणको जोखिम बढेपछि वीरगन्ज महानगरपालिकाले यतिमखानालाई पुरै स्यानीटाइज गरेको छ । महागरप्रमुख विजय कुमार सरावगीले भने ‘अहिले हामी यतिमखानालाई पुरै सेनेटाईजर गरेका छौं, र त्यसमा बस्ने किशोरहरुको थ्रेट स्वाबः परिक्षणको प्रकृयामा लागेका छौं ।’

बालकहरूलाई छुट्टै क्वारेन्टाईनमा राख्न नसक्ने बताउँदै उनले भने– ‘कडा सुरक्षा निगरानीमा यातिमखानालाई नै क्वारेन्टाईनमा परिणत गरेर उनीहरुलाई व्यवस्थापन गरेका छौं ।’ मस्जिदमा दुईजर्दन भन्दा बढी भारतीय मौल्वीहरु बस्दै आएका थिए । शनिबार बेलुका जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले छपकैया र घुसुकपुरमा रहेको मस्जिदहरुमा छापामारी गरेर २६ जना मौल्वीहरूलाई नियन्त्रणमा लिई सकेको छ ।

वीरगञ्जमा ३ जनामा कोरोना पुष्टि भएसँगै आज देखि वीरगञ्ज महानगरपालिकामा सुरक्षा व्यवस्था कडा संगै औषधी पसल बाहेक सबै पसल बन्द गर्न पर्सा सुरक्षा समितिको बैठकले निर्णय गरेको छ ।

Back to top