×

वीरगन्ज १ बैशाख । बीरगंजमा तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमणको पुष्टि संगै यो महामारीलाई कसरी ब्यवस्थापन गर्ने भन्ने बिषयमा स्थानीय सरकार र प्रशासन सक्रिय देखिएको छ । अहिले कोभिड नियन्त्रणको कमाण्ड पोष्टको नेतृत्वकर्ता र स्थानीय सरकार प्रमुखको आपताकालीन बैठक बस्यो र रोकथाामका रणनीतिका बिषयमा छलफल गरिएको थियो ।

यता बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीका प्रेस सल्लाहकार गोविन्द देवकोटाले ६ बजेर ३९ मिनेट जादा सामाजिक संजालमा कोभिड अस्पताल संचालन गर्ने निर्णय कार्यान्वयन नगर्न मुख्यमंत्रीले निर्देशन दिएको कुरा सार्वजनीक गर्नु भयो । यद्यपि, प्रदेश सरकारले नै केही दिन अघि विज्ञको टोली बीरगन्ज पठाएर कोरोना अस्पताल सन्चालनमा लागि सम्भाव्यता अध्ययन गराएको थियो ।

तर आज स्थानीय प्रशासनकै तर्फबाट अस्पताल सन्चालन गर्न भएको निर्णयमा प्रदेश सरकारका मुख्यमंत्रीले रोक लगाउँदा स्थानीय सरकार प्रशासन र स्वास्थ्यकर्मीमा निराशा छाएको छ । चैत १३ भित्र कोरोना बिशेष अस्पताल बनाई सक्नु पर्ने थियो । संघ र प्रदेश सरकारको सूचीमा नारयाणी अस्पताल हव अस्पतालको रुपमा रहेको छ । प्रदेश मंत्रीपरिषदको निर्णयले कलैया अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि महानगर प्रमुख विजयकुमार सरावगीले आफना नगरिकको सुरक्षाकालागि लिएको तत्परताले सार्थकता पाउन भने सकेन । बीरगंजको हेल्थ केयर अस्पताललाई निश्चित भाडा तिर्नेगरि उसको उपकरण र भौतीक पूर्वाधार उपयोग गर्ने गरि अस्पताल चलाउने कुरामा सहमती भएको सल्लाहकार देवकोटाको स्टाटसबाट बुझिन्छ ।

यहीबेला प्रदेश सरकारका प्रमुख मुख्यमत्रीले महानगरप्रमुखलाई अस्पताल संचालन नगर्न मौखिक निर्देशन दिएपछि अन्यौलता थपिएको देवकोटाले लेख्नु भएको छ । नारयाणीमा रहेको आइसोलेशन वार्डमा कोरोना संक्रमीत भर्ना छन तर उनीहरुको उपचारमा संलग्न चिकित्सक,स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको ब्यवस्थापनको बिषय पनि गम्भिर भएकोले कोभिड अस्पतालको आवश्यकता परेको हो त्यो नहुदा चिकित्सकहरु पनि अप्ठयारोमा पर्न थालेका छन ।

एक त कोरोना भाइरसको संक्रमणले गर्दा बीरगंज लगायत मध्य तराईका नागरिक चिन्तामा परेका छन । औषधीमुलो केहीबाट पनि उपचार नहुने कोरोनाको संक्रमण फैलीदै जादा महामारीको अवस्था ल्याउन सक्छ । त्यो सम्झेर नै ब्यक्तिहरु चिन्तामा परेका छन । स्थानीय सरकार प्रमुख भएको नाताले आफना नागरिकलाई सुरक्षीत राख्ने प्रयास गर्दा अवरोध आएपछि महानगर नेतृत्व समेत चिन्तामा परेको छ ।

Back to top