×

वीरगञ्ज १ बैशाख । वीरगञ्जमा ३ जनामा कोरोना पुष्टि भएसँगै वीरगञ्ज महानगरपालिकामा सुरक्षा व्यवस्था कडा संगै औषधी पसल बाहेक सबै पसल बन्द गर्न पर्सा सुरक्षा समितिको बैठकले निर्णय गरेको छ । त्यस्तै वीरगञ्जको छपकैयास्थित मस्जिदमा क्षेत्रलाई सिल गरिएको छ ।

छपकैयालाई सिल गरेर अहिले सङ्क्रमितको सम्पर्कमा आएको व्यक्तिहरुको खोजि चलिरेहिको छ भने सङ्क्रमितहरुसँग उनीहरुको ट्राभल हिस्ट्रीको विवरण लिएर कन्ट्याक्ट ट्रेसिङ्ग गर्न काम भई रहेको छ ।

बैठकमा मस्जिद क्षेत्रलाई सिल गर्ने र जिल्लमा रहेका औषधी पसल बाहेक सबै पसल बन्द गर्न निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवम प्रवक्ता ललित कुमार बस्नेतले जानकारी दिए ।

विशेष सूचनाको आधारमा पर्साको पर्टेवा सुगौली र जगरनाथपुर गाउँपालिकाको विभिन्न मस्जिदमा बसेका २६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै प्रहरीले छापा मारेको मस्जिदलाई प्रहरी निगरानी मै राखिएको छ ।

त्यसैगरि श्रोतका अनुसार वीरगञ्जका अन्य कयौं स्थानमा पनि मुस्लिम धर्म प्रचारक तथा जमातीहरु लुकेर बसेको स्थानीयहरुले बताएका छन् । स्थानीय अनुसार वीरगञ्ज बिर्ता क्षेत्रमा रहेको दस तल्ले भवन र अशोक बाटिकामा रहेको एक पार्टी प्यालेस तथा होटलमा समेत केहि जामितहरु लुकेर बसेको जानकारी श्रोतबाट प्राप्त भएको छ ।

Back to top