×

वीरगञ्ज, चैत्र ३० - प्रदेश नं. २ को सबैभन्दा ठुलो अस्पताल मध्येको एक नारायणी अस्पतालले आफ्नो ओपिडी सेवा अनिश्चितकालको लागि बन्द गरेको छ ।

विश्वभर फैलिँदै गरेको कोरोना सङ्क्रमण नेपालमा समेत देखा परेको हुँदा अर्को सूचना जारि नगरे सम्म अस्पतालले आकष्मिक बाहेक सम्पूर्ण ओपिडी सेवा बन्द गरेको जनाएको छ ।

अस्पतालले शनिबार अबेर राति एक पत्र जारि गर्दै ओपिडी सेवा बन्द गरेको बताएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जारि गरेको पत्रमा चैत्र २९ गते देखि लागु हुनेगरी अर्को व्यवस्था नभए सम्मको लागि ओपिडी सेवा बन्द गरिएको जनाईएको छ ।

नारायणी अस्पतालबाट परिक्षणको लागि काठमाडौँ पठाईएको ३ शंकास्पद कोरोना सङ्क्रमितको टेस्ट पोजेटिभ आएको हल्ला चलेपछि अस्पतालले ओपिडी सेवा बन्द गरेको छ । शनिबार राति हेटौडाबाट सञ्चालित विभिन्न अनलाईन पत्रिकाले कोरोना संक्रमण पुष्टि भएको दावी गर्दै समाचार प्रकाशन गरेका छन् ।

समाचार आएपनि आधिकारिक पुष्टि भने हुनसकेको छैन । उक्त समाचारहरुलाई धेरैले सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् ।

Back to top