×

वीरगञ्ज - उर्जा, जल स्रोत तथा सिचाई मन्त्री बर्षमान पुनका निजि सचिव नागमणी पटेलले कोभिड- १९ को रोकथाम एवं उपचारमा प्रयोग हुने विभिन्न स्वास्थ्य सामाग्रीहरु वीरगञ्ज स्थित नारायणी अस्पताललाई सहयोग गरेका छन् ।

अखिल नेपाल प्रगतिशील जनस्वास्थकर्मी संघका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नं २ का ईन्चार्ज समेत रहेका पटेलले अस्पताललाई पिपिइ -१० सेट, सर्जिकल ग्लोब्स १ हजार पीस, सर्जिकल मास्क १ हजार पीस, थर्मोमिटर १० पीस , सेनिटाइजर आदिलगायतका स्वास्थ्य सामाग्रीहरु सहयोग गरेका हुन् ।

पटेलले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायलाई हस्तान्तरण गरेका थिए।

सहयोग हस्तान्तरण गर्ने बेला अखिल नेपाल चिकित्सक संघ प्रदेश नं २का संयोजक डा.उदय नारायण सिंह ,अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ महानगर अध्यक्ष करण पटेल, विद्यार्थी नेता इशक कुमारलगायतको उपस्थित रहेको थियो ।

Back to top