×

वीरगञ्ज, चैत्र २९ – रोट्र्याकट क्लब अफ वीरगञ्जले कोरोनाभाइरससँग लड्न फ्रन्टलाईनमा बसेर खटिरहेको सुरक्षाकर्मी र प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

क्लबले आज जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरलाई मास्क, हेण्ड्वास, पञ्जालगयात स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

क्लबका सचिव आयुष गुप्ताले जिल्ला प्रहरी कार्यालय पर्सालाई ७ सय थान पञ्जा र ५ लिटर हेण्डवास, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई ४ सय थान पञ्जा र ५ लिटर हेण्डवास र त्यसैगरि वडा प्रहरी कार्यालय श्रीपुरलाई ३ सय थान पञ्जा र ५ लिटर हेण्डवास सहयोग गरेको बताए ।

क्लबका सदस्यहरुले शनिबार कार्यालयहरु पुगेर सामग्री हस्तान्तरण गरेका थिए ।

Back to top