×

बारा २९ चैत । कलैया उप महानगरपालिकाका प्रमुख राजेश राय यादवको दाल कोल्डस्टोरमा बारा प्रशासनले छापामारी गरी ३८० बोरा दाल सिल बन्दी गरेको छ ।

गुणस्तरहीन दाल राहत स्वरुप नगर प्रमुख यादवले वडाहरुमा बितरण गराएपछि स्थानीय र राजनीतिक दलको गुनासो आएपछि नमुना सङ्कलन गरी ३८० बोरा दाल शिलबन्दी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।

संकलन गरिएको नमुना खाद्य प्रयोगशालामा पठाइने र सो नमुनाको रिपोर्ट आए पछि थप निर्णय गरिने उहाँको भनाइ छ । कोरोना महामारीका बेला गरिव,असाहाय ,मजदुरकिसानका लागि राहतका रुपमा बाडेको दाल खान अयोग्य भएको भन्दै स्थानीय राजनीतिक दलले विरोध जनाएका थिए ।

५ वर्ष पुरानो पहिले बिक्री नभएको कुहिएको दाल नगरप्रमुख यादबले नगरपालिकाको रकमबाट भुक्तानी हुनेगरी कलैया उपमहानगरपालिका वडा नम्बर १, ७ र २० का स्थानीय गरिब असाय र मजदुरकालागि राहत वितरण गर्न लागेकोमा वडा नम्बर २० मा शुक्रबार नै स्थानीयको विरोधका कारण रोकिएको र वडा नम्बर ७ मा भने वितरण गरिएको थियो ।

गुणस्तरहीन चामल र दाल वितरण गरेर नगरप्रमुखले यादवले जनताको भावना सँग खेलवाड गरेको भन्दै आफूहरुले प्रमुख जिल्ला अधिकारीलाई पटकपटक ध्यानाकर्षण गराएको नेकपाका नेता तथा बारा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद साहले बताउनुभयो ।

प्रशासनले वडा अध्यक्ष र वडा सचिवलाई बोलाएर सोधपुछ गरेको थियो । प्रशासनले केहिबेर अगाडि गोदाममा छापा मारेर दाल सिलबन्दी गरेको छ ।

Back to top