×

वीरगन्ज २९ चैत । वीरगन्ज महानगरपालिकाका मेयर बिजयकुमार सरावगीकले ‘‘स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको लागी सुरक्षीत क्वारेन्टिनको व्यवस्था गर्नका लागि घर तथा होटल भाडामा उपलव्ध गराउन सार्वजनिक अपिल गरेको छन् । शनिबार दिउसोँ आफ्नो फेसबुक वालमा ‘स्टाटस’ लेख्दै उनले यस्तो अपिल गरेका हुन् ।

सरावगीले लेखेका छन, ‘‘मेडिकल टोली र सुरक्षाकर्मीहरुको लागि क्वारेन्टिन बनाउन खानाको सुविधासहतिको आईसोलेटेड घर र होटलको आवश्यकता परेको छ । ईच्छुकहरुले सिधा मसँग सम्पर्क गर्नुहोला ।’’ यात्रा डेलीसँगको कुराकानीमा उनले क्वारेन्टिनका लागि उपलव्ध हुने घर र होटलको व्यवस्थापकिय खर्च महानगरले व्यहोर्ने स्पष्ट पारे ।

कोरोनाभाइरस उपचारमा खटिने चिकित्सक र सुरक्षाकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षीत क्वारेन्टिनको व्यवस्था गर्नका लागि यस्तो अपिल गरिएको मेयर सरावगीले बताए । ‘‘स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु र उनीहरुको परिवारका सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै एक–एक वटा कोठामा क्वारेन्टिन गर्न खोजेका हौँ,’’ उनले भने ‘‘लामो समयसम्म काम खटिने उनीहरुलाई सुरक्षीत राख्नु हाम्रो कर्तव्य हो ।’

Back to top